प्रथम रत्नप्रिय कप : सौराहा फुटवल क्लवको जित

December 2, 2022 10:19 pm

रत्ननगर १६ मंसिर । रत्ननगरको टिकौलीमा जारी प्रथम रत्नप्रिय कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा सौराहा फुटवल क्लवले जित निकालेको छ । युनिक युथ क्लव बसेनीलाई ५ का विरुद्ध ६ गोलको अन्तरले पछिपार्दै सौराहा फुटवल क्लवले जित निकालेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटको आधारमा नतिजा निकालिएको थियो । निर्वारित समयमा दुबै टिमले दुई दुई गोल गरेका थिए । सौराहाका लागि अमृत श्रेष्ठ र अनुप चौधरीले समान एक एक गोल गरेका थिए भने युनिकका लागि रेशम गुरुङले दुई गोल गरेका थिए । सो प्रतियोगितामा सौराहा फुटवल क्लवका खेलाडी निश्चल चौधरी उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनलाई एभिन्यू एजुकेशन कन्सल्टेन्सीका सञ्चालक अमृत खरेलले शिल्ड र मेडल हस्तान्तरण गरेका थिए । शनिवारको खेल आयोजक क्लव बी र सुन्डी फुटवल क्लव बीच हुने क्लवका अध्यक्ष बसन्त रानमगरले जानकारी दिए । “स्वास्थ्को लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ रत्ननगर–९ मा रहेको रत्नप्रिय क्लवको आयोजनामा यही मंसिर १२ गतेदेखि सुरु भएको प्रतियोगिता यही मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार ११ रुपैँया, द्धितिय हुने टिमले ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।