चितवन, मंसिर १५ । रत्ननगर-१ निपनीमा रहेको श्री गायत्री हरिहर मन्दिरमा यही मंसिर १८ देखि २५ गते सम्म श्री विष्णुमहापुराण एंव धन धान्याञ्चल ज्ञान महायज्ञ २०७९ हुने भएको छ । २०२८ सालदेखि मन्दिर परिसरमा ज्ञान महायज्ञ हुदैआएको छ ।
गुरुकुलम र निर्माणाधिन धर्मशाला सम्पन्न गर्न ज्ञान महायज्ञ आयोजना गरिएको हो । आयोजकले विहीवार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी ज्ञान महायज्ञको तयारीको बारेमा जानकारी गराएको हो ।
गुरुकुलममा वेद, संस्कृत विषयमा अध्यनरत ७० जना विद्यार्थीहरुको शिक्षामा टेवा पुर्याउन, मन्दिर परिसरमा निर्माणाधिन धर्मशाला सम्पन्न गर्न र धार्मिक पर्यटनको विकास गर्न ज्ञान महायज्ञ आयोजना गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज पौडेलले जानकारी दिए ।
महायज्ञमा आफूले सकेको नगद सहयोग गर्न सकिने ज्ञान महायज्ञकी संयोजक उमादेवी सुवेदीले बताईन् । महायज्ञबाट भएको आम्दानीले मन्दिरको संरक्षण, गुरुकुलमका विद्यार्थीहरुको शिक्षा, निर्माणाधिन धर्मशालामा टेवा पुग्ने विश्वास लिईएको
धर्मशाला निर्माण समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।
कार्यक्रममा मन्दिरका पण्डीत निर्मल पौडेल, महायज्ञ व्यवस्थापन समितिकी सह सचिव ऋतु गिरी, प्रचार प्रसार समितिका संयोजक टेकनाथ मिश्र लगाएतले मन्तव्य राखेका थिए । मन्दिर व्यवस्थापन समितिका सचिव सोम प्रसाद भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।