रत्ननगरमा जिल्ला स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै

November 26, 2022 5:11 pm

चितवन, मंसिर १० । चितवनको रत्ननगरमा खुल्ला नकआउट फुटबल प्रतियोगिता– २०७९ हुने भएको छ । “स्वास्थ्को लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ रत्ननगर ९ मा रहेको रत्नप्रिय क्लवको आयोजनामा यही मंसिर १२ गतेदेखि २५ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन हुने शनिवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारि दिएको हो ।

क्लवका अध्यक्ष बसन्त रानाका अनुसार प्रथम हुने समुहलाई १ लाख १ हजार ११ रुपैँया, द्धितिय हुने समुहलाई ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार, उत्कृष्ठ खेलाडी, म्यान अफ द म्याच लगाएतका खेलाडीलाई जनही ५ हजार रुपैया साथै शिल्ड, कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरेको रानाले बताए । नेपाली फुटवललाई ब्यबसायीकरण गर्नेुका साथै खेलाडी पहिचानको लागि फुटवल प्रतियोगिता आयोजना गरिएको उनले बताए । खेल टिकौली खेल मैदानमा हुने छ । प्रतियोगितामा चितवन, नवलपरासि, मकवानपुर जिल्लाका गरि १४ वटा टीमहरुको सहभागीता रहने वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारिले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न रु ६ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।