चितवने गायक अधिकारीको “पिपल संगै वर” सार्वजनिक

November 25, 2022 5:48 pm

मङ्सिर ९, चितवन । चितवनका चर्चित गायक कृष्ण अधिकारीको नया गीत “पिपल संगै वर” सार्वजनिक भएको छ । गायक अधिकारीको यु-ट्युब च्यानल “कृष्ण अधिकारी” मा सो गाना सार्वजनिक गरिएको हो । गीतमा कृष्ण अधिकारीको लय संकलन, मंजु परियार र कृष्ण अधिकारीको शब्द तथा स्वर रहेको छ । शंकरा डिजिटलमा रेकर्ड गरिएको गीतमा केबी भण्डारीको संगीत संयोजन रहेको छ ।

गायक अधिकारीले आफ्नो जन्मथलो तनहुँको विषय बस्तु गीतमा समेटेका छन्, तनहुँकै रमणीय स्थलहरुमा छायांकन गरिएको गीतलाई विपिन क्षेत्रीले खिचेका छन् , राजाराम सिंखडाको निर्देशनमा तयार भएको भिडियोमा स्वयम् अधिकारी र गायिका मंजु परियारको अभिनय रहेको छ । नविन घर्ति मगरको सम्पादन रहेको गीतलाई दर्शकले रुचाउने आसा गायक अधिकारीले गरेका छन् ।

गीतको लिंक