चितवन क्षेत्र १ मा मतगणना सुरु

November 21, 2022 1:39 pm

चितवन । तीन निर्वाचन क्षेत्र रहेको चितवन जिल्ला क्षेत्र नम्बर १ को मतगणना कार्य सुरु भएको छ । जिल्लाको क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मत खसेको छ । सो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन् ।

जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । उनीहरु मध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् । १ सय ६१ मतदान स्थलमा ४ सय ६० मतदान केन्द्र रहेका थिए ।