रत्न प्रिय क्लबले गर्यो मतदान स्थलमा सरसफाई

November 21, 2022 1:38 pm

रत्ननगर । हिजो देशभर सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतको एक मतदान स्थल थियो रत्ननगर ९ मा रहेको कपरफोरी माध्यमिक विद्यालय । मतदान स्थलमा धेरै जनमानसको उपस्थिती रहने भएका कारण फोहरमैला पनि जम्मा हुन्छ, फोहोर मैलाले विद्यालयमा अध्यनरत विद्यार्थीलाई असर नपरोस भन्ने पवित्र उद्देश्यले रत्ननगर – ९ मा रहेको रत्न प्रिय क्लबले कपरफोरी माध्यमिक विद्यालय परिसरमा रहेको फोहरमैला सरसफाई गरेको छ । स्थानिय स्तरमा संचालन भएको क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सरसफाई गरिएको क्लबको अध्यक्ष बशन्त रानाले बताए ।

सरसफाई कार्यक्रममा सामाजिक अगुवा बलराम बगाले, रत्ननगर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष अनन्त अधिकारी, तथा क्लबका सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो । सोहि अवसरमा वडाध्यक्ष अधिकारीले वडालाई हराभरा राख्न महत्वपुर्ण भूमिका खेल्ने रत्न प्रिय क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए ।