ज्ञानेन्द्र र आशिफको अर्धशतकसँगै नेपालको शानदार विजय, शृंखलामा २-१ को कब्जा

November 18, 2022 4:11 pm

२ मंसिर। युएईसँगको तेस्रो तथा निर्णायक खेलमा नेपालले शानदार जित निकालेको छ । जित संगै नेपालले शृंखलामा २-१ को कब्जा समेत जमाएको छ । नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ६४ तथा आशिफ शेखले अविजित रहदै ८८ रन बनाए संगै नेपालले तेश्रो एक दिवसियमा जित निकाल्यो साथै सिरिज समेत आफ्नो पक्षमा पार्यो ।

नेपालका लागी ओपनर अर्जुन साउद ९ रनको व्यक्तिगत स्कोरमा आउट भए, कप्तान रोहित पौडेल १० रनको व्यक्तिगत स्कोरमा रन आउट भए भने उपकप्तान दिपेन्द्र शुन्य रनमा रनआउट भए । बलिङ तर्फ नेपालका लागी गुल्सन झा, दिपेन्द्र सीङ ऎरी र कुशल बुर्तेलले समान २-२ विकेट लिए भने सोमपाल कामी र ललित राजबंशीले १-१ विकेट लिए ।

युएईका लागी आयान अब्जल खानले अविजित ५४, आलिशान सराफुले ३३, रोहण मुस्ताफाले २४, हज्रात बिलालले अविजित २० तथा मोहम्मद वासिमले ११ रन बनाउनु अतिरिक्त अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै बलिङ तर्फ हज्रात बिलाल र आयान अब्जल खानले १-१ विकेट लिए ।

तीन खेलको शृंखलाको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो । आजको खेलमा उत्कृष्ठ खेल प्रस्तुत गरेका आशिफ शेख म्यान अफ दि म्याच भएका छन् ।