राममणि न्यौपानेको संकल्प : भ्रष्टाचार मुक्त समाज निर्माणको लागि राजनीति

November 17, 2022 5:33 pm

खैरहनी । पूर्वी चितवनको खैरहनीका राममणि न्यौपाने सामाजिक अभियान्ता हुन । एक दर्जन बढी सामाजिक संघसंस्थाको नेतृत्व गरेका न्यौपाने हुँदा खाने गरिब जनताका आशाको केन्द्र हुन । आर्थिक अभाव भएर उपचार नपाएका, घर बनाउन नसकेर आकासमुनी बस्न बाध्य अति विपन्नलाई उनले सहयोग गर्दै आएका छन् । शिक्षा,स्वास्थ्य र खानेपानीको क्षेत्रमा व्यक्तिगत लगानी गरी सेवा गर्दै आएका न्यौपाने यहाँका लोकप्रिय नेता हुन । उनै सामाजिक व्यक्तित्व न्यौपाने अहिले चितवन क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार बनेका छन् । पानीको धारा चुनाब चिन्ह रहेका न्यौपाने संकल्पका साथ चुनावी मैदानमा छन् । यि हुन न्यौपानेले गरेका बुँदागत संकल्प :
पर्यटन M सौराहाको पर्यटन, जिरौनाको धर्मधाम, हरिहर मन्दिर, कंकाली मन्दिर, चित्रसेन बाबा तथा ब्रम्हस्थान जस्ता धार्मिक क्षेत्रका विकाश तथा स्तरोन्नति गर्ने । सम्पूर्ण सामुदायिक वनमा पर्यटन प्रवद्धन गरी स्थानीय समुदायमा रोजगारी सिर्जना गर्ने । थारु संस्कृति संरक्षण एवम् समुदायको आर्थिक विकास गर्न योजनाबद्ध होमस्टे सञ्चालनका लागि प्रोत्साहन गर्ने ।
स्वास्थ्य M सौराहा, कुमरोज लगायतका क्षेत्रमा निःशुल्क M mobile Health Clinic tyf Tropical Diseases Research Centre सञ्चालन गर्ने । बकुलहर रत्ननगर अस्पतालको शैया वृद्धि गर्ने र थप स्तरोन्नती गर्ने । गुञ्जमान अस्पतालमा नर्सिङ्ग, फार्मेसी अध्ययन अध्यापन गराउन पहल गर्ने । कम्तिमा यस क्षेत्रका दुई वडा समेटिने गरी खुल्ला व्यायामशाला स्थापनाको लागि पहल गर्ने ।

शिक्षा तथा रोजगारी M सम्पूर्ण युवालाई प्राविधिक शिक्षामा प्रोत्साहन गरी दक्ष जनशक्ति उत्पादन गर्ने । महिला सशक्तिकरणका लागी विभिन्न राष्ट्रिय योजना ल्याई घरेलु तथा साना उद्योग सञ्चालन गर्ने । कृषि, मौरीपालन, रासायनिक मल तथा कोल्ड स्टोरको उचित व्यवस्थापन गर्ने । हालको रामपुर कृषि क्याम्पस खैरहनीलाई उचित व्यवस्थापन सहित खैरहनी ४ मा स्थानान्तरण गर्ने ।

विकाश निर्माण M पूर्वी चितवनका चार पालिकाहरुलाई सडक सञ्जालसँग जोडेर रिङरोड निर्माण गर्ने । लोथर, कयर, लदरी, पम्फा लगायतका खोलाहरुको व्यवस्थित तटबन्धनको लागि Flood Risk Mapping गर्ने । बालबालिका तथा युवाहरुको लागि खेलकुदको निम्ति टिकौलीमा क्षेत्रीय रङ्गशाला निर्माणमा पहल गर्ने । प्रत्येक घरमा शुद्ध खानेपानीको सुविधा सुनिश्चित गर्ने ।
तपाईंको भोट, तपाईंको रोजाई ! पूर्वी चितवनको समृद्धि राममणीको सोचाई !!