मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

November 15, 2022 2:34 pm

काठमाडौं। आगामी आमनिर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन्। यस्तै, सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन्।

गृहमन्त्रालयले आज मंगलबार सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ।

आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ।