गठबन्धनको घोषणापत्र जनता ढाँट्नका लागि जारी गरेका हुन्: केपी ओली

November 14, 2022 6:26 pm

चितवन,२८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दलहरुले जनता ढाँट्नका लागि घोषणापत्र जारी गरेको दाबी गर्नुभएको छ ।

 

भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धनका दलहरु आफ्ना, आफ्ना आफ्ना घोषणापत्रमा चलेकोले ढाँट्ने बाटो मात्र भएको बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘एउटा भन्छ, प्रत्यक्ष राष्ट्रपति, निर्वाचित राष्ट्रपति, अर्काै दल अर्काे भन्छ , घोषणापत्रमा घोषणापत्र बाँझिएको छ भने यिनीहरुले के गर्छन् ।’

उहाँले देश बनाउने मार्गचित्र एमालेको गन्तव्य भएको बताउनुभयो । उहाँले कृषिको आधुनिकीकरण कसरी हुन्छ, व्यापार असन्तुलन कसरी घटाउने भन्ने एमालेको स्पष्ट मार्गचित्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनले ध्वस्ता पारेको अर्थतन्त्रको सुधार गर्ने एमाले घोषणापत्रमा उल्लेख छ । घोषणापत्र अरुको जस्तो किताबको खोल देखाए जस्तो, खोल देखाएको होइन । हामीले विगतमा के ग¥यौ र भोलि के ग¥यौं भनेर उल्लेख गरेका छौं । अब देशलाई कता लाने, के गर्ने हो मंसिर ४ पछि के गर्छ उल्लेख गरेका छौं । घोषणापत्रमा २० वटा ग्यारेन्टी छन् जसमा जुन राष्ट्रबैँकको ग्यारेन्टी जस्तो छ ।’