चितवनमा थप १ सय ९५ जनामा डेंगु पुष्टि

November 14, 2022 6:24 pm

चितवन । कोरोना कहर पछि देशको मध्यभागमा डेंगुले आतंक मच्चाए संगै चितवन पनि यस बाट अछुतो रहन सकेको छैन । चितवनमा पछिल्लो २४ घण्टामा १ सय ९५ जनामा डेँगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या दुई हजार ४ सय ४६ पुगेको छ।

जसमध्ये आजमात्र भरतपुर महानगरपालिकाका १ सय ४६ जना, खैरहनी नगरपालिकाकामा ४ जना, रत्ननगर नगरपालिकामा ४ जना , राप्ती नगरपालिकामा २ जना, कालिका नगरपालिकाका ५ जना , र इच्छाकामना गाँउपालिकामा १ जना रहेका छन् ।

त्यस्तै ठेगाना नखुलेका ३ जना र अन्य जिल्लाबाट ३० जना रहेको छन् । हालसम्म जिल्लामा १० हजार ९ सय ५७ जनामा परिक्षण गरिएको छ भने छ जनाको ज्यान गएको छ ।