गठबन्धनका नेता कार्यकर्ताद्वारा प्रचारमा हिडेको गाडीमा तोडफोड भएको रवि लामिछानेको आरोप

November 13, 2022 5:44 pm

चितवन । चितवनमा रवि लामिछानेको प्रचारमा हिडेको गाडीमा तोडफोड भएको छ । गठबन्धनका नेता कार्यकर्ताद्वारा प्रचारमा हिडेको गाडीमा तोडफोड गरेको रवि लामिछानेले आरोप लगाएका छन् । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता सवार बा१४ च ७६८४ नम्बरको गाडीमा गठबन्धनका नेता तथा कार्यकर्ताले तोडफोड गरेको उनको भनाई छ । तोडफोडबाट गाडीको अगाडिको सिसा फुटेको छ । गाडीभित्र मानिस रहेकै समयमा गाडी माथि नै चढेर तोडफोड गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले जनाएको छ ।

चुनावी प्रचार प्रसारको क्रममा लोकतान्त्रिक वाम गठबन्धन चितवनका कार्यकर्ता र राष्ट्रिय स्वतन्त्र पार्टिका कार्यकर्ताबिच हात हालाहाल हुँदा गाडीमा तोडफोड भएको हो । घरदैलो कार्यक्रकमा राष्ट्रिय स्वतन्त्र पार्टिका कार्यकताले मापसे सेवन गरी गठबन्धनका नेताहरुलाई होच्यउने, गिज्याउने खालका दुव्र्यवहार गरेपछि किन यस्तो गरेको भन्दा रवि लाछिानेका कार्यकर्ताले उल्टै धकेल्ने प्रयास गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको नेपाली काङ्ग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले जानकारी दिए ।