थप ८ जनामा कोरोना पुष्टी

November 12, 2022 6:19 pm

काठमाडौं : देशभर थप ८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ६ सय ८० नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २४ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३० रहेको छ ।