विना सर्त एमालेमा फर्किइन महिला नेतृ विरञ्जना घिमिरे

November 11, 2022 2:38 pm

रत्ननगर । महिला नेतृ विरञ्जना घिमिरे (सापकोटा) एमालेमै फर्किएकी छन् । रत्ननगर १३ निवासी घिमिरे स्थानीय तहको निर्वाचनमा एमालेबाट रत्ननगरको उपमेयरका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकी थिइन् ।

 

अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटीको अध्यक्ष समेत रहेकी घिमिरेले पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएपछि उनको पद गुमेको थियो । आम निर्वाचन आउन एक हप्तामात्र बाँकी रहदा घिमिरे विना सर्त पार्टीमा फर्किएकी हुन । उनलाई शुक्रवार पार्टीको वडा कमिटीले कार्यालयमा स्वागत गरेको छ ।

 

कार्यक्रममा नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल, निर्वतमान वडाध्यक्ष चित्रबहादुर भण्डारी,वडा कमिटी अध्यक्ष अजित चौरेल लगायतको सहभागिता रहेको थियो ।