गठबन्धनको विकास योजनामा मतदाता सन्तुष्ठ, गठबन्धनलाई नै भोट दिने जिकिर

November 9, 2022 6:28 pm

२३ मङ्सिर , रत्ननगर ।
सत्ता गठबन्धन दलका उम्मेदवारहरुले बुधवार रत्ननगरमा घरदैलो गरी आफुहरुको विजय पश्चात हुने विकासका योजना सुनाएका छन् । विकासप्रेमी नेताको छवि बनाएका प्रदेश सभा सदस्य पदका उमेद्वार कृष्ण खनालले यो क्षेत्रको विकासमा पुर्याएको योगदान तथा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा.विश्व पौडेलले छोटो समयमा तटबन्धन लगाएतको विकासमा खेलेको भूमिका स्मरण गर्दै रत्ननगर ९ का मतदाता विशाल सापकोटाले भन्नुभयो भोट गठबन्धन लाई नै दिनुपर्छ । चितवन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.विश्वनाथ पौडेल र एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद खनालका साथ साथै हजारौ नेता कार्यकर्ताहरुले सो नगरपालिका अन्तर्गत वडा नं ९,१०,११ र १२ का जनतासंग घरदैलो गरी भोट मागेका हुन ।

चार वटा वडामा आयोजित एक दर्जन कोण सभामा उम्मेदवारहरुले आफ्ना योजना सुनाउने क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.पौडेललले मानब र वन्यजन्तु बीचको द्धन्द्ध न्यूनीकरणको लागि वन ऐन परिमार्जन गर्न आफु प्रयत्नशिल रहने बताए । वन ऐनका कारण मध्यवर्तीका जनताले धेरै दुख पाउनु भएको छ उनले भने यसको समाधान हामी गर्ने छौं । उनले देशलाई अस्थिरताबाट जोगाउन गठबन्धनलाई मतदान गर्न आग्रह गरे । त्यस्तै प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद खनालले मंसिर ११ गतेबाट सुकुमवासीलाई लालपूर्जा वितरणको काम सुरु गर्ने बताए । रत्ननगरमा १ हजार ५ सय ४ जना सुकुमबासी रहेको भन्दै उनले अधिकांस सुकुमबासीलाई निस्सा वितरण गरिसकिएको र मंसिर ११ गतेबाट लालपूर्जा वितरणको काम सुरु हुने बताए । लालपूर्जा छाप्ने काम भइरहेको छ उनले भने सुकुम्बासीलाई हामी लालपूर्जा दिनेछौं । बाढी पीडित र सुकुम्बासीको नाममा नेपालको राजनीति चल्दै आएको भन्दै प्रदेश मन्त्री समेत रहेका खनालले यसको अन्त्य चाडै गर्ने बताए ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागी चितवन गठबन्धनमय बनेको छ ।