यो निर्वाचन जीवन र मरणबीचको हो : प्रचण्ड

November 9, 2022 4:16 pm

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन जीवन र मरणबीचको भएको बताएका छन्। बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबनधनको चुनावी सभालाई सम्बोधन गदै उनले यो निर्वाचन जीवन र मरणबीचको भएको बताएका हुन्।

 

सत्ता गठबन्धन जनताको गठबन्धन भएको बताउँदै उनले नेकपा (एमाले) ले बनाएको अर्को गठबन्धन राजतन्त्र पुर्नस्थापना गर्न चाहने र संविधान च्यात्नेहरूबीचको भएको उनले दाबी गरे। लोकतन्त्रविरोधीको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाए।

 

प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो युद्धमा आमने–सामने भएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको रक्षाका निम्ति संविधान सभा र शान्ति हुन जरुरी छ भनेर जनयुद्धको कमाण्डरको हैसियले आफूले उनीसँग नै वार्ता गरेको बताए।