रत्ननगरमा एमालेको घरदैलो तीब्र

November 5, 2022 3:01 pm

चितवन, कात्तिक १९ । नेकपा एमाले चितवनको रत्ननगरमा चुनाब लक्षित घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा एमालेले घरदैलोसंगै चुनावी प्रचारप्रसारलाई तिब्रता दिएको हो ।

 

प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल शैलेसले शनिवार वडा नं ७ का जनतासंग भोट मागेका छन् । रत्ननगर वडा नं ७ को बद्रहनी चोकबाट सुरु भएको घरदैलोमा सौराहा, सिसुवार, पडरीयाका मतदाताका समस्या, गुनासो, रायसुझाव लिदै उम्मेदवारहरुले भोट मागेको हुन । समानुपातिक उम्मेदवार सहितको घरदैलोमा पार्टी कार्यकर्ता तथा स्थानीय वासिन्दाको सहभागिताले थप उत्साहित बनाएको एमाले रत्ननगर कमिटीका अध्यक्ष ईश्वरी अर्यालले जानकारी दिए ।

 

उम्मेदवार तथा कार्यकर्ताहरुलाई मतदाताले ठाउँठाउँमा स्वागत गरेका छन् । घरदैलोमा मत माग्न पुगेका उम्मेदवार शैलेसलाई स्थानीयवासिन्दाले विजयी भएपछि नभुल्न र समानुपातिक विकास निर्माणसंगै दुःख, सुखमा साथ दिन अनुरोध गरेका थिए । उम्मेदवार शैलेसले चितवन क्षेत्र नं. २ (ख) को चौतर्फी विकासको लागि आफु चुनावी मैदानमा आएको बताए । आफू विजयी भएपछि यहाँका जनताहरुको हरेक दुःख, सुखमा साथ दिने प्रतिवद्धता जनाए ।