खैरहनीमा जुनियर जेसीजको लिडर्स एकेडेमी हुने

November 4, 2022 6:47 pm

खैरहनी । चितवनको खैरहनीमा भोली देखि जुनियर जेसीजको प्रशिक्षणत्कम ११ औं लिडर्स एकेडेमी सुरु हुने भएको छ । नेपाल जेसीजको आयोजना तथा पर्सा खैरहनी जेसीजको आतिथ्यतामा हुने सो कार्यक्रम दुई दिन सम्म चल्ने छ ।

 

आयोजकले शुक्रवार खैरहनीमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रममा २९ जिल्लाका १५० जना सहभागी हुने जनाएको छ । एकेडमीका लागि देशभरबाट जुनियर जेसीजमा आबद्ध युवाहरु खैरहनी आएका छन् । कार्यक्रम उद्घाटन भएपपछि युवाहरुको नेतृत्व विकासको लागि प्रशिक्षण कार्यक्रम हुने पर्सा खैरहनी जेसीजका संस्थापक अध्यक्ष पवन रैलाले जानकारी दिए ।

 

युवाहरुको नेतृत्व,व्यक्तित्व र सामाजिक विकासको विषयमा राष्ट्रिय स्तरका प्रशिक्षकहरुबाट प्रशिक्षण दिइने उनले जानकारी दिए । जेसीज सक्षम युवा उत्पादन गर्ने सामाजिक संस्था हो । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुनिल तिमिल्सिनाले नेपाल जेसीजले समाजलाई नेतृत्व गर्न सक्ने युवा उत्पादन गर्ने संस्था भएको बताए ।

 

११ औं लिडर्ससीप एकेडेमी खैरहनीमा हुँदै छ उनले भने यसले यहाँका आर्थिक तथा पर्यटन विकासमा समेत टेवा पु¥याउने छ ।