रत्ननगर । चितवनको रत्ननगरमा सत्ता गठबन्धनले घरदैलो सुरु गरेको छ । वडा नं ३ मा रहेको गणेश मन्दिरमा पुजा गरेर गठबन्धनले रत्ननगरमा औपचारिक रुपमा घरदैलो सुरु गरेको हो ।
गठबन्धनका दुई उम्मेदवारहरुले विहीवार वडा नं १,२,३ र ४ मा घरदैलो तथा कोणसभा गरी भोट मागेका छन् । गठबन्धनले शान्तिचोक र टाँडीचोकमा कोण सभा समेत गरेका छन् । निर्वाचन समुखमा रहेका कारण सबैको घरघरमा पुग्न सक्ने अबस्था नरहेपछि गठबन्धनले चोकचोकमा कोण सभा गर्ने र मतदाताहरुलाई समुहगत रुपमा भेटघाट गर्ने रणनीति लिएको बुझिएको छ ।
दुई वटा चोकमा भएको कोण सभामा नेपाली काँग्रेसको तर्फबाट चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.विश्व पौडेल र एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद खनालले सम्बोधन गरेका छन् । सो अबसरमा अर्थशात्री समेत रहेका पौडेलले अहिलेको निर्वाचन गठबन्धनले जित्नै पर्ने बताए । संविधान रक्षाको लागि पनि निर्वाचन जित्नु पर्छ उनले भने यो सम्भव पनि छ । उनले पूर्वी चितवनको चौतर्फी विकासको लागि आफु चुनावी मैदानमा आएको बताए ।
प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खनालले अहिलेको निर्वाचन प्रतिगमनलाई परास्त गर्ने दरिलो माध्यमका रुपमा लिएको बताए । विकास निर्माणसंगै अघिल्लो सरकारले गरेका गलत क्रियाकलापलाई जनताको माझमा लैजानु पर्ने बताए ।