लघुवित्तीय संस्था पीडित महिलाको समस्या समाधान गर्छु : शैलेस

November 3, 2022 4:23 pm

रत्ननगर । नेकपा एमालेका जिल्ला सचिव तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल शैलेसले लघुवित्तीय संस्थाबाट पीडित बनेका महिलाहरुको समस्या आफुले समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । रत्ननगर नगरपालिका वडा नं ८ मा पीडित महिलाहरुको गुनासो सुनेपछि उम्मेदवार खनालले लघुवित्तीय संस्थाहरुले महिलाहरुलाई मृत्यसको मुख सम्म पु¥याएको भन्दै यसबाट छुटकरा दिलाउन आफुले सार्थक प्रयास गर्ने बताए । यो राष्ट्रिय समस्याको रुपमा अगाडि आएको छ उनले भने अहिलेको सरकारले केही गर्न सकेन अब मैले प्रयास गर्नेछु । छलफलका क्रममा उनले लघुवित्तीय संस्थाकोे दमनबाट नआत्तिन महिलाहरुलाई आग्रह गरे । उनले सरकारको आर्थिक नीति कमजोर भएका कारण महिलाहरुले समस्या झेल्नु परेको बताए । उनले एमालेको अब बन्ने सरकारले उद्यमी महिलाहरुलाई विना व्याज ऋण प्रदान गर्ने बताए । कार्यक्रममा स्थानीय टेककुमारी चौधरी,सन्जु चौधरी लगायतका महिलाहरुले लघुवित्तीय संस्थाले गर्दै आएको धरपकटका बारेमा उम्मेदवार खनाललाई जानकारी गराएका थिए ।