सहमतिपछि सत्ता गठबन्धन कार्यालयमा लागेकाे ताला खुल्याे 

November 2, 2022 7:42 pm

रत्ननगर । नेपाली कांग्रेस प्रदेश ख को कार्यालयमा लागेको ताला खुलेको छ । युवा परिचालन कमिटीको संयोजकमा भएको बिवादलाई लिएर तरुण दलका युवा नेताहरुले लगाएकाे ताला सहमतिपछि खुलेकाे हाे । प्रदेश स्तरीय युवा परिचालन समितिकाे संयाेजकमा सुरजजंग बस्नेतलाई यथाबत गरि आयुषचन्द्र श्रेष्ठलाई क्षेत्रीय युवा परिचालन अनुगमन समितिको संयोजकमा मनाेनित गर्ने सहमति भएपछि ताला खुलेकाे जनाईएकाे छ । चितवन क्षेत्र नं १ का निर्वाचन परिचालन समितिका संयोजक गणेश मल्ल, क्षेत्र नं १ निर्वाचन परिचालन मुल समितिका संयोजक शेषनाथ अधिकारी, प्रदेश क्षेत्र नं २ का सभापति गोबिन्द गौतम, रत्ननगर नगर कार्यवाहक सभापति कमलनाथ अधिकारी लगायतको रोहवरमा ताला खोलिएको प्रदेश सभा ख समितिका प्रवक्ता शिवकान्त न्यौपानेले जानकारी दिएका दिए ।