रत्ननगरमा भोली देखि चित्रसारी मेला

November 2, 2022 1:35 pm

रत्ननगर । पूर्वी चितवनको रत्ननगर ८ मा भोली विहीबार देखि चित्रसारी मेला लाग्दैछ । हरेक बर्ष एकादशीको अबसरमा लाग्ने सो मेला यस बर्ष भोली देखि तीन दिन लाग्ने छ ।

चित्रसेन बाबा मन्दिर संरक्षण समितिले मेलाको अगुवाई गर्दै आएको छ । यो चितवनकै सबैभन्दा पुरानो र ऐतिहासिक मेला पनि हो । दसैँ र तिहार सकिए लगतै लाग्ने सो मेलामा २५० वटा स्टल रहने समितिका अध्यक्ष जलराम महतोले जानकारी दिए । मेलाको सम्पूर्ण तयारी पुरा भएको उनले जानकारी दिए । एकादशीमा ब्रत बसेको महिलाहरु चित्रसेन बाबा मन्दिरमा पुजा गर्न आउने र भक्तजनहरु मेलामा रमाउने चलन रहेको छ ।

 

ब्रत बसेका महिलाहरु भेलामा पाइने,फलफुल,उखु,सखरखण्ड लगायतका सामाग्री किनेर घर लैजाने चलन रहेको समितिका अध्यक्ष महतोले बताए । सो मेलाको प्रमुख आर्कषणको रुपमा उखु र राउण्ड बत्तीलाई लिने गरिएको छ । मेलामा पाइने उखु, सखरखण्ड,बदाम विशेष खानाको रुपमा खाने प्रचलन रहेको छ । सो मेलामा व्यवसायिक, खेल तथा रेष्टुरेन्टका स्टलहरु रहने छन् ।

 

राउण्ड बत्ती र रिङ सो मेलामा प्रमुख खेलहरु हुन । चित्रसारी मेला तीन दिनको अबधिमा ६० हजार दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ । यो धार्मिक मेला हो अध्यक्ष महतोले भने परापूर्वककाल देखि लाग्दै आएकोले यसको महत्व अहिले पनि उत्तिकै छ । मेलाबाट भएको आम्दानी चित्रसेन बाबाको मन्दिर व्यवस्थापनमा खर्च गरिदै आएको छ ।