विकास कोइरालाले गर्न लागेको चियापानले चितवन काँग्रेसमा हलचल

November 1, 2022 7:51 pm

चितवन ।नेपाली काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले भोलि गर्न लागेको चियापान कार्यक्रमले चितवन काँग्रेसमा हलचल ल्याएको छ ।उद्योगबाणिज्य संघ चितवनको सभाहलमा भोलि दिउसोका लागि पूर्व सभापति कोइरालाको निमन्त्राणमा चियापान कार्यक्रमको आयोजना गरिएको भन्दै सामाजिक सञ्जाल मार्फत सूचना प्रवाह भएपछि काँग्रेस चितवन शंसकित भएको हो ।

जिल्ला सभापति राजेश्वर खनालले आज एक विज्ञेप्ति जारी गर्दै चियापान र भेटघाटको कार्यक्रम प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।काँग्रेसको विधान अनुसार पार्टि संरचनामा नरहेका विभिन्न व्यक्तिहरुबाट भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरिएको भनि समाजिक सञ्जालबाट सूचना आएको प्रति पार्टिको ध्यानाकर्षण भएको विज्ञेप्तिमा उल्लेख छ ।

सभापति खनालले जारी गरेकाे विज्ञेप्तिमा नेता विकास काेइराला पूर्व सभापति समेत नरहेकाे उल्लेख छ । पार्टि कार्यालयमा रहेकाे रेकर्डमा पूर्वसभापतिकाे रुपमा विकास काेइरालाकाे नाम नरहेकाे प्रष्ट पारिएकाे छ ।

काँग्रेस चितवन भित्र विकास कोइराला अझैपनि प्रभावशालि नेताको रुपमा परिचित छन् । लामो समयदेखि काँग्रेसले कोइराला माथि गरेको कारबाही फिर्ता गरेको छैन ।

बिकास काेइरालाकाे आयाेजनामा हुने चियापानकाे निमन्त्रणा पत्र र काँग्रेस चितवनकाे विज्ञप्ति