शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न एमाले उपाध्यक्ष पाण्डे अस्पतालमा

October 30, 2022 9:20 pm

चितवन । विरामी भएर उपचारार्थ रहनु भएका नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालालाई नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले भेट्नु भएको छ ।कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं.१ का प्रतिनिधिसभाका उम्मेदवार कोइराला अस्वस्थ भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज अस्पताल भरतपुरमा उपचाररत रहनु भएको छ । विरामी भएपछि नेकपा एमालेका उपाध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नं. १ का उमेदवार पाण्डेले कोइरालाको स्वास्थ्य अवस्था बारे अस्पतालमा पुगेर जानकारी दिनु भएको थियो । नेता पाण्डेले कोइरालाको स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारको क्रममा अस्वस्थ भएपछि उपचारका लागि उहालाई भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याएको थियो । चिकित्सकका अनुसार उहाँको स्वस्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।