लघु चलचित्र ‘अन्डर १६’सार्वजनिक

October 30, 2022 12:07 pm

चितवन, कार्तिक १३

नेपाली लघु चलचित्र अन्डर १६’सार्वजनिक गरिएको छ । चितवनका नविन पाण्डेको लगानिमा निर्माण गरिएको चलचित्र शुक्रबार सार्वजनिक गरिएको हो ।  यु–ट्युब च्यानल ‘हाम्रो खबर नेपाल ‘ मा चलचित्र सार्वजनिक गरिएको चलचित्रका सह निर्देशक पुजन लामिछानेले जानकारी दिए ।

अनिता दियाली, सुरज डल्लकोटी, जोय लामा, झुवलीको अभिनय रहेको चलचित्रलाई मेघनाथ चौधरीको छायांकन र सह–छायांकन भूमिका दिलिप बस्नेत निभाएका हुन् । चलचित्रले हाल सामाजिक संजालमा घटिरकेको घटनालाई समेटेर चलचित्र निर्माण गरिहेको लेखक तथा निर्माता नविन पाण्डेले बताए । सो चलचित्रलाई सम्पादन तथा निर्देशक किशोर चौधरीले गरेका हुन् भने सह–निर्देशक पुजन लामिछानेले गरेको हुन् ।

पुर्वि चितवनको भण्डार तथा पर्सामा चलचित्रको छायांकन गरिको निर्माण नियन्त्रण प्रकाश रिजालले बताए । चलचित्रले युवा पुस्तामाझ सामाजिक सन्देश दिने निर्माण पक्षले दाबी गरेको छ ।