सुकुमबासीलाई जग्गाको मालिक बनाउछौं : नेता पाण्डे

October 29, 2022 5:22 pm

रत्ननगर , कार्तिक १२।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सुकुमबासीलाई जग्गाको मालिक बनाउने प्रतिबद्धता जनाएका छन् । रत्ननगर वडा नं १२ मा घरदैलो तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले जग्गाको मालिक बन्ने सुकुमबासीको सपना एमालेले पुरा गर्ने बताए ।संसदले ऐन बनाइसकेको छ । बसोबासकै आधारमा जग्गा दिने ऐन बनेकाले सरकारले सरकारले समेत लालपूर्जा वितरणको काम अब रोक्न नसक्ने बताए । तीन बर्ष अघि ऐन बनेर कार्यान्वयनमा गईसकेको भन्दै मुलुकभरका १० लाख सुकुमबासी परिवारलाई लालपूर्जा वितरण गर्ने बताए । यो समस्या सधैंका लागि अन्त्य गर्नुपर्छ भन्ने एमालेको मान्यता रहेको भन्दै उनले घर नभएकालाई आवास निर्माण गर्ने र सुकुमबासीलाई बसोबासकै आधारमा लालपूर्जा वितरण गर्ने बताए । शनिवार प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पाण्डे र प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल शैलेसले सो वडाका जनतासंग भोट मागेका छन् । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम वडा कमिटी अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो ।