एमाले नेता पाण्डे र थपलियाले भेटे राप्ती १ का आगलागी पिडितलाई 

October 28, 2022 9:51 pm

चितवन,कार्तिक ११ गते ।

चितवन राप्ती १ झ्याला चौरमा आगलागी पिडित परिवारसंग नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रिय सदस्य जे एन थपलियाले भेट गरेका छन । जहाँ ५ वटा घर आगलागीमा परेर नस्ट भएको छ । दिउँसो आगलागी भएको थाहा पाउने बित्तिकै पाण्डे र थपलिया पिडित परिवारलाई भेट्न गएका हुन । एमाले स्थानीय नेताका साथ उनिहरु आगलागी भएको घरसम्म पुगेका थिए । आगलागीबाट घर भित्र रहेको अन्न, लत्ताकपडा, भाडाकुडा, नगद लगायत सम्पुर्ण सामानहरु जलेको पिडितहरुले बताएका छ्न । स्थानीय वीर बहादुर प्रजाको घरबाट सुरु भएको आगोले पुर्ण बहादुर ब्लोन, इन्द्र बहादुर प्रजा, बिष्णु माया प्रजा र सरोज प्रजाको घर पुर्ण रुपमा क्षती पुर्याएको छ । आगलागी पछि पिडित बस्ने ठाउँ नभए पछि सम्बन्धित निकायलाई सहयोगका लागि आग्रह गरिएको नेता जे एन थपलियाले बताए ।