मेरो उम्मेदवारी निस्क्रिय भएको छैन : राममणी न्यौपाने

October 21, 2022 5:00 pm

रत्ननगर । चितवन क्षेत्र नं १ प्रदेश सभा “ख” का स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेले आफ्नो उम्मेदवारी निस्क्रिय नभएको बताएका छन् । शुक्रवार एक विज्ञप्ती जारी गरी न्यौपानेले आफ्नो उम्मेदवारी निश्क्रिय हुँदैछ भन्ने भ्रामक प्रचार गरिएको भन्दै त्यसको खेद प्रकट गरेका छन् । म समग्र चितवनको विकासको लागि चुनावी मैदानमा आएको हुँ उनले विज्ञप्तीमा भनेका छन् मेरो उम्मेदवारी यथाबत रहेको छ । मंसिर चार गते हुने निर्वाचनमा पानीको धारा चुनाव चिन्हमा मतदान गर्न आग्रह समेत गरेका छन् ।