चितवन प्रदेश सभा “ख” मा एमालेको घरदैलो

October 20, 2022 5:27 pm

रत्ननगर । नेकपा एमालेले चितवन क्षेत्र नं १ प्रदेश सभा “ख” मा विहीबार देखि घरदैलो सुरु गरेको छ । प्रदेश सभाका उम्मेदवार प्रकाश खनाल शैलेस सहित प्रदेश स्तरीय कमिटीका नेताहरु जनताको घरदैलोमा पुगेर भोट मागेका हुन ।

प्रदेश सभा “ख” अन्र्तगत रत्ननगरका १६ र खैरहनीका ६ गरी २२ वटा वडा रहेको सो प्रदेशमा एमाले खैरहनी वडा नं ४ कुनाघारीबाट घरदैलो सुरु गरेको हो । जनताको घरदैलोमा पुगेका उम्मेदवार शैलेसले जनताको समस्या बुझ्दै भोट माग्दै गरेका छन् । घरदैलोका क्रममा पार्टीप्रति जनताको अपेक्षा र विकासको चाहना बुझेर एमालेलाई मतदान गर्न आग्रह गरेको उम्मेदवार खनालले बताए ।

सो घरदैलोमा एमालेका जिल्ला कमिटी सदस्य तथा घरदैलो व्यवस्थापन समितिका संयोजक प्रेमनाथ दुवाडी, पार्टीका रत्ननगर नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल,नेता कृष्णकुमार डल्लाकोटी लगायतको सहभागिता रहेको थियो ।