सामाजिक सञ्जाल चुनावका लागि चुनौती

October 15, 2022 5:25 pm

२९ असोज,

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताएका छन् ।

नेपाल टेलिभजनका देशभरिका संवाददाताहरुलाई निर्वाचनका सम्बन्धमा गरिने रिपोर्टिङका बारेमा अभिमुखिकरण गर्न आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनु पर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी चुनावमा ७० प्रतिशत भन्दा बढी अर्थात १ करोड ३२ लाख मत खस्ने अपेक्षा गरिएको र बदर मत १ प्रतिशतभन्दा कम गराउन प्रयास गर्ने पनि बताए ।

अहिले कुनै पनि दल निर्वाचन अवरोध गर्ने पक्षमा नरहेकाले य यो सुखद कुरा रहेको बताए । ‘निर्वाचन लाइ फरक रुपमा बुझ्नु पर्छ । यो हार र जितको मात्रै कुरा होइन यो त लोकतान्त्रिक प्रणाली बलियो बनाउने अवसर हो,’ उनले भने, ‘मंसिर ४ ले नागरिक अधिकार बलियो बनाउनेछ ।’ निर्वाचनमा पैसा पराजित भएर विचार विजयी हुनु पर्ने उनले बताए ।