पूर्व अर्थमन्त्री पाण्डेद्धारा आगलागी भएको पल्पी जुस उद्योगको निरीक्षण

October 14, 2022 8:44 am

रत्ननगर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले रत्ननगरमा आगलागी भइरहेको पल्पी जुस उत्पादन गर्ने उद्योगको स्थलगत निरीक्षण गरेका छन् ।

 

चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका पाण्डे उद्योगमा आगलागी भएको थाहा पाएपछि विहानै घटना स्थलमा पुगेका थिए । नेता पाण्डेले उद्योगका सञ्चालक व्यवसायी भेषराज दुवाडीलाई भेटेर क्षतिको विवरण तथा आगलागी हुनुको कारणबारे बुझेका थिए । उनले सञ्चालक दुवाडीलाई विचल्लन नहुँन र धैर्यता अपनाउन समेत आग्रह गरेको पाण्डेका निजी सचिव संजिव पाण्डेले जानकारी दिए ।

 

रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज प्रा.लिको पल्पी जुस उद्योगमा शुक्रवार विहान भिषण आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । बिहान साढे तीन बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो निभाउन खैरहनीको दुई र भरतपुरको एउटा दमकल र एउटा डोजर प्रयोग गरिएको छ । उद्योगमा रहेको कच्चा पदार्थ नष्ट भएको र चार वटा मेसिनमा क्षति भएको सञ्चालक दुवाडीले जानकारी दिए ।