सुसासन पार्टीबाट प्रदेश सभामा अमृत खरेलको उम्मेदवारी

October 10, 2022 4:59 pm

रत्ननगर।
चितवन क्षेत्र नं १ प्रदेश सभा ख मा अमृत खरेलले उम्मेदवारी दर्ता गराएका छन् । रत्ननगर निवासी खरेलले नेपाल सुसासन पार्टीको प्रतिनिधित्व गरी स्वतन्त्र राजनीतिक शक्ति नेपालबाट उम्मेदवारी दिएका हुन ।
खरेल नेपाल सुसासन पार्टीको जिल्ला सदस्य हुन । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले नेतृत्व गरेको नेपाल सुसासन पार्टी सहितका अन्य पार्टीहरुको चुनावी मोर्चा स्वतन्त्र राजनीतिक शक्ति नेपाल हो । उम्मेदवारी दर्ता गराएपछि युवा नेता खरेलले जनताको विकास प्रतिको आकांक्षा पुरा गर्न आफुले उम्मेदवारी दिएको बताए ।

ठुला दलहरुले अहिले सम्म केही गर्न सकेनन उनले भने अब युवाहरुले देशलाई निकास दिनु पर्छ । नेता खरेलले आफुले जनताको अभिमत पाउने विश्वास व्यक्त गरे । सोही पार्टीबाट प्रतिनिधि सभा निर्वाचनका लागि गोविन्द प्रसाद रिजाल तथा प्रदेश सभा क मा उषा गिरी,चितवन क्षेत्र नं २ प्रदेश सभा क मा रामशरण त्रिपाठी,प्रदेश सभा ख मा केदार राज पन्त र चितवन क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यका लागि भूपेन्द्रराज बस्नेतले उम्मेदवारी दिएका छन् ।