चितवन १ (ख) मा खनालले दिए उम्मेदवारी

October 9, 2022 7:15 pm

चितवन : चितवन क्षेत्र नम्बर १ ख बाट वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कृष्ण प्रसाद शर्मा खनालले उम्मेदवारी दर्ता गरेका छन् । आज खनालले क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।

कार्यकर्ता हुँदा देखि साम्सद तथा मन्त्री हुँदा समेत जनताको माझमा अत्याधिक घुलमिल हुने खनालको इमान्दारितामा प्रश्न चिन्ह उठ्ने गर्दैन, उनि आफैलाई जनतामाझ समर्पण गर्ने चरित्रको भएका कारण समेत आम मतदातामा लोकप्रिय छन् । त्यस माथी उनले गरेको विकास निर्माणको काम बाट समेत यहाँका जनताहरु उनीप्रति उत्साहित छन् ।

खनालले सत्ता गठबन्धनका तर्फ बाट चितवन क्षेत्र नम्बर १ ख बाट उमेदवारी दर्ता गराएका हुन् । बिगतको दिनमा आम जनताकोलागी काम गर्दै आएका उनले निर्वाचन पश्चात पनि जनताकै लागी आफुलाई समर्पित गर्ने बताएका छन् ।