मासुको हड्डी अड्किएर चितवनमा एक पुरुषकाे मृत्यु

October 4, 2022 12:25 pm

चितवन । दशैंमा मासु खानेक्रममा अड्किएर १ जनाको ज्यान गएको छ । कालिका नगरपालिका वडा नं.८ गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो ।

अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिए ।