चितवनमा ३ सय केजि अबैध गाँजा बरामद

September 23, 2022 10:32 pm

चितवन,७ आश्विन। चितवनमा ३ सय केजि अबैध गाँजा बरामद गरिएको छ । राप्ती नगरपालिका वडा नम्बर ५ भण्डारा चोकमा पुर्वबाट पश्चिम तर्फ गई रहेको UP78BT 8570 नम्बरको ईन्डियन डिब्बा ट्रकमा अबैध रुपमा ३ सय केजि गाँजा बरामद गरिएको हो ।

हिजो दिउसो ०३:५० बजेको समयमा भण्डारा चोकमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएका प्रसनिको टोलीले चेक जांच गर्ने क्रममा ट्रकमा अबैध गांजा फेला पारेको हो ।

उक्त ट्रक चालक फरार रहेका छन् । उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रवक्ता बिजय राज पण्डितले बताए ।