रत्ननगर, असोज १
लायन्स क्लब अफ रत्ननगर मिड नेपालले शारीरिक अपांगता भएका व्यक्तीलाई सहयोग सामग्री वितरण गरेको छ । क्लबले अपांगता भएका रत्ननगरका ११ जनालाई ह्विलचियर लगायतको सामग्री वितरण गरेको हो । १ जनालाई अत्याधुनिक ह्विलचियर सहित वाकर, खाद्यान्न र नगद सहयोग गरेको क्लबका अध्यक्ष दिलिप सुवेदीले जानकारी दिए । कोषाध्यक्ष रोहीत श्रेष्ठले संयोजन गरेको कार्यक्रममा रत्ननगर वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा रहेका थिए । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सुरेसचन्द्र आचार्य, डिष्ट्रीक एक्जुकेटीभ को चिफ पिएम जेएफ दिपेन्द्र खतिवडा,डिष्ट्रीक एक्जुकेटीभ को चिफ निरज श्रेष्ठ , क्लष्टर चिफ ओमलाल सापकोटा लगायतको उपस्थिति रहेको थियो ।