रत्ननगरमा ९५ जनाको निःशुल्क स्वास्थ्य परिक्षण

September 17, 2022 6:45 pm

रत्ननगर, असोज १
पूर्वी चितवनको रत्ननगरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ९५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । रोट्रयाक्ट क्लब अफ पूर्वी चितवनको आयोजना तथा हर्ष मेडिकल हलको प्राविधिक सहयोगमा रत्ननगर ४ शितल चोकमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

शिविरमा पुरानो मेडिकल कलेज भरतपुरका वरिष्ठ छाती तथा नशा रोग विशेषज्ञ डाक्टर पुकार घिमिरेले विरामीको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा विरामीको सुगर,रक्तचाप लगायतको जाँच र स्वास्थ्य परामर्श दिइएको क्लबकी अध्यक्ष रोसिना उप्रेतीले जानकारी दिइन् ।

हर्ष मेडिकलका संचालक विक्रम शाह,स्वास्थ्य परिचारिका तथा क्लबकी सदस्य प्रतिमा तिवारी,क्लवका सदस्य सफल खरेल,प्रवेश घिमिरे,सक्षम उप्रेती लगायतको उपस्थिती रहेको स्वास्थ्य शिविरमा रोटरी क्लब अफ पूर्वी चितवनले सहयोग गरेको थियो ।