थप ६३ जनामा कोरोना संक्रमण पुष्टी

September 17, 2022 5:22 pm

काठमाडौँ : देशभर थप ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३५ तथा एन्टिजेन विधिबाट २८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९६६ पुगेको छ ।