नेपाल फोटो पत्रकार महासंघको अध्यक्षमा हरिप्रसाद रेग्मी

September 15, 2022 7:50 pm

रत्ननगर । नेपाल फोटो पत्रकार महासंघको अध्यक्षमा हरिप्रसाद रेग्मी निर्वाचित भएका छन् । चितवनको सौराहामा सम्पन्न दोस्रो केन्द्रीय महाधिवेशनले रेग्मीलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । चितवनको रत्ननगरका रेग्मी काठमाडौंलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् ।

महासंघको बरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, उपाध्यक्ष दीपक ज्ञवाली, महासचिवमा नरेशकुमार श्रेष्ठ, सचिवमा कोमलचन्द्र भगत, गजेन्द्र राई, हरिहर सिंह राठौर, सौरभ यादव, प्रभातकुमार झा, निश्चल चापागाईँ, भरत ढकाल, बाबुराम भण्डारी, विशाल सुनार र सचिव समाबेशीमा विवेक नागरी चयन भएका छन् ।

महासंघको कोषाध्यक्षमा किरण कुमार पन्थ तथा केन्द्रीय सदस्यमा एक नम्बर प्रदेशबाट राजेश पराजुली, मधेश प्रदेशबाट विजय चौहान,बागमती प्रदेशबाट प्रविन बराल,गण्डकी प्रदेशबाट दीपक गुरुङ, लम्विनी प्रदेशबाट ताराचन्द्र बर्मा, कर्णाली प्रदेशबाट सुरेश आचार्य, सुदुरपश्चिम प्रदेशबाट बीरेन्द्र शाह चयन भएका छन् । खुल्ला केन्द्रीय सदस्यमा बद्रि अर्याल र चित्रकुमार कार्की चयन भएका छन् ।

महाधिबेशनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाख खनालले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । सो अबसरमा उनले फोटो पत्रकारिताले नागरिकमा विश्वास बढाउने बताए । हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा फोटोले स्पष्ट पारेको हुन्छ उनले भने फोटोले समाजप्रतिको अविश्वासलाई हटाउन सहयोग गर्छ । उनले पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्याल, नेकपा (एमाले) चितवनका सचिव प्रकाश खनाल (शैलेश), नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विष्णु न्यौपाने, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नवराज अधिकारी, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल फोटो महाधिवेशनमा देशभरबाट ४ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।