राप्तीका मेयर लामा फराकिलो भण्डाराको अभियानमा

September 15, 2022 7:47 pm

भण्डारा । राप्तीका मेयर शमशेर लामा खुम्चिएको भण्डारा बजार फराकिलो बनाउने अभियानमा लागि परेका छन । उनि आफै फिल्डमा गएर साघुरो रहेको बजारलाइ व्यवस्थित बनाउन लागी परेका हुन । केहि समय अगाडी मात्र भण्डाराको सडक फराकिलो बनाउदै हिडेका लामाले अहिले सडकको ठेला र सवारी साधन व्यवस्थापनमा लागी परेका हुन ।

उनले बजारको पार्किङ्गलाइ व्यवस्थित गराउदै अहिले सार्वजनिक वस रोक्ने ठाउको समेत व्यवस्थापन गरेका छन । सुन्दर भण्डारा बजारको परिकल्पनामा लाग्नु भएका लामाले दिन विराएर अहिले पार्किङ्ग व्यवस्थापन गरिरहेका छन । उनले अव्यवस्थित रोक्ने प्राइभेट सवारी साधनको समेत व्यवस्थापनमा कडि कडाउ गरेका छन । मेयर लामा भन्छन यो एक हप्ताको परिक्षण हो यसलाइ अझ व्यवस्थित गर्ने हो । लामाले अहिले सुरुवात गरिएको भएता पनि पछि यसको कालान्तार प्रभाव देखिनेमा ढुक्क रहे । लामाले थप विकासको लागी विज्ञहरुसंगको सल्लाहमा केन्द्रित हुने समेत बताए ।

नगर कार्यपालिकाले समेत भण्डारा बजारको विकासको लागी धेरै योजना तयार पारेको साथै भण्डारामा सार्वजनिक शौचालय देखि प्रहरीविटको समेत काम चाडै सुरु हुने उनले बताए । अहिले लामा साघुरो भण्डारालाइ फराकिलो अभियानमा लागी परेका छन । लामाले चोकमा रहेका ठेलालाइ , अटोरिक्सा र अन्य फुटपाथ व्यापारीलाइ व्यवस्थापन गरिरहेका छन । यो कदमको प्रशंसा गदै स्थानिय व्यापारीले लामाको खुलेर प्रशंसा समेत गरेका छन । सडक र पार्किङ्गको व्यवस्थापनले भण्डारामा दुर्घटना देखि अन्य कुरामा समेत न्युनिकरण हुने विश्वास स्थानियको रहेको छ ।