विपन्न विद्यार्थीलाई सहयोगको लागि चितवनमा ‘प्रकाश’को च्यारीटी शो हुने

September 14, 2022 8:45 pm

चितवन, भदौ २९ ।
विपन्न विद्यार्थिलाई सहयोगको लागि चितवनमा नेपाली कथानक चलचित्र ‘प्रकाश’को च्यारीटी शो हुने भएको छ । राप्ती नगरपालिकाको परेवाकोटमा रहेको आधारभूत विद्यालयका विद्यार्थिहरुलाई सहयोग गर्न भदौ ३१ गते च्यारिटी शो गर्न लागिएको हो। रोट्याक्ट क्लब अफ पूर्वि चितवनको तेस्रो वार्षिकोत्सवको अवसरमा च्यारिटी शो गर्न लागिएको क्लबका अध्यक्ष रुसीना उप्रेतीले बताइन । रोटरी क्लब अफ पूर्वि चितवनको सहकार्य मा हुने च्यारिटी शो मार्फत आएको मुनाफाको सम्पूर्ण रकम विद्यार्थिको सहयोगको लागि खर्च गरिने संस्थापक अध्यक्ष पूजन लामिछानेले जानकारी दिए । चलचित्रको च्यारिटी शो चितवनको क्यूएफएक्स जलमामा भदौ ३१ गते बिहान साढे ८ बजे हुने लामिछानेले बताए ।