चितवन राइनो सिटी रत्ननगरद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

September 14, 2022 8:02 pm

रत्ननगर, भदौ २९ । ५८औं राष्ट्रिय वाल दिबसको अबसरमा इच्छाकामनाको चण्डेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी र झोला वितरण गरिएको छ ।

लायन्स क्लब अफ चितवन राइनो सिटी रत्ननगरले इच्छाकामना ७ स्याङ्‌दीमा रहेको विद्यालयका १५० जना विद्यार्थीलाई स्टेशनरी र झोला वितरण गरेको क्लबका अध्यक्ष जनक ढुङ्गानाले जानकारी दिए । आर्थिक अभावका कारण शैक्षिक सामग्रीको अभाब नहोस भने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थि हरुलाई एक शैक्षीक बर्षलाई पुग्ने शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रम संयोजक चित्रबहादुर रायमाझीले बताए ।

क्लस्टर २ का चिफ ओमलाल सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका डाइरेक्टर शालिकराम बास्तोला, विद्यालयका शिक्षक, विद्यार्थि लगायतको उपस्थिति रहेको थियो ।