रत्ननगर खानेपानीले असोज महिनाको न्यूनतम महसुल छुट दिने

September 14, 2022 7:18 pm

रत्ननगर, भदौ २९ ।
रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बुधबार पद हस्तान्तरण गरिएको छ । १२ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष सहित पदाधिकारीलाई पद हस्तान्तरण,सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ । पदभार ग्रहण गरे लगतै बसेको नयाँ निर्बाचित समितिको बैठकले असोज महिनाको न्यूनतम महसुल छुट दिने निर्णय भएको सचिव प्रताप डल्लाकोटीले जानकारी दिए । सो संस्थाले न्यूनतम १० हजार लिटर पानी प्रयोग गरेवापत न्यूनतम मासिक ११० रुपैया शुल्क लिने गरेको छ ।

निर्वतमान अध्यक्ष भीष्मराज पौडेलले नवनिर्वाचित अध्यक्ष माधवप्रसाद अर्याललाई पद हस्तान्तरण गरेकाे कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेका थिए । पद हस्तान्तरण कार्यक्रममा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी,रत्ननगरका मेयर प्रल्हाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक,संस्थापक मेयर नारायण वन, संस्थाका निर्वतमान अध्यक्ष भिष्मराज पौडेल लगायतले मन्तव्य राखेका थिए ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा निर्वाचन समितिका संयोजक छविलाल सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।