लायन्स क्लव अफ समृद्धिद्धारा विद्यार्थीको आँखा परीक्षण

September 13, 2022 6:13 pm

रत्ननगर । रत्ननगर ४ देबौलीमा रहेको राष्ट्रिय आधारभूत विद्यालय विद्यालय देवौलीका विद्यार्थी, शिक्षक र अभिभावको आँखा परीक्षण गरिएको छ । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा लायन्स क्लव अफ रत्ननगर समृद्धिले आयोजना गरेको शिविरमा ३५० जना विद्यार्थी र २७० जना अभिभावकको निशुल्क आँखा परीक्षण गरिएको क्लवकी अध्यक्ष विन्दु घिमिरेले जानकारी दिइन । शिविरमा आँखा परीक्षण गराएका मध्ये २४ जनामा मोतियाविन्दुको समस्या देखिएको र उनीहरु मध्ये १८ जनाको मंगलवार नै शल्यक्रिया गरिएको अध्यक्ष घिमिरेले जानकारी दिइन । लायन्स क्लवका डिष्ट्रिक एजुकेटिभ चिफ दीपेन्द्र खतिवडा प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष रामकुमार चौधरी, सहित लायन्स क्लवका अगुवा कृष्णलाल श्रेष्ठ, ओमलाल सापकोटा, गंगा उपाध्याय, सम्झना घिमिरे, समाजसेवी रुपनराज घिमिरे, विद्यालयका प्राचार्य रमेश आचार्य लगायतले मन्तव्य राखेका थिए ।