चितवनको भण्डारामा खुल्यो नविल बैंकको शाखा

September 11, 2022 9:03 pm

चितवन, भदौ २६
नविल बैंकले पूर्वी चितवनको भण्डारामा आफ्नो शाखा विस्तार गरेको छ । राप्ती नगरपालिकाको भण्डारामा रहेको शाखाको आइतबार राप्ती नगर प्रमुख शमशेर लामाले रिवन काटेर उद्‌घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै लामाले भण्डारामा रहेका बैंकहरु संग नगरले कुनै न कुनै समयमा समन्वय गरेर अगाडी जाने बताए । उनले राप्तीमा भएका किसानहरुको लागि सहुलियत रुपमा कर्जा उपलब्ध गराउन बैंकलाई सुझाब दिए ।
कार्यक्रममा बोल्दै राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलले व्यवसायिको सारथि रहेर बैंकले सेवा प्रवाह गर्नुपर्ने बताए । कँडेलले बैंकले प्रवाह गर्ने सेवा र सुविधाको बिषयमा सहकार्य आवश्यक रहेको भन्दै बैंकले शाखा विस्तार संगै भण्डारामा पारदर्शी सेवा दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बैंकका शाखा प्रमुख निश्चल थापा,नगर प्रमुखका राजनैतिक सल्लाहाकार कुवेर सिं लामा, एपिएफ हर्दिका प्रमुख माधव प्रसाद पौडेल, इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख कुमार गुरुङ्ग, बैंकका पदाधिकारी, स्थानिय बुद्धिजिवी, समाजसेवी, राजनैतिक दलका पदाधिकारीहरु, संघसंस्थाका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

बैंकका मनकामना क्लष्टर हेड भरत थापाले सञ्चालन गरेको कार्यक्रम बैकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम बैकका डिजि कृष्णदत्त भट्टराइको अध्यक्षतामा सम्पन्न भएको थियो ।