आँखा उपचार केन्द्र रत्ननगरको संयोजकमा डल्लाकोटी

September 11, 2022 8:31 pm

रत्ननगर । रत्ननगरमा रहेको आँखा उपचार केन्द्र सञ्चालनको संयोजकमा प्रताप डल्लाकोटी मनोनित भएका छन् ।

नेपाल नेत्रज्योति संघ हिरालाल सन्तु प्रधान नेत्र विज्ञान अध्ययन संस्थान भरतपुरले एमाले नेता डल्लाकोटीलाई संयोजकमा मनोनित गरेको हो । डल्लाकोटीले रत्ननगरमा आँखा उपचार केन्द्र स्थापनाको लागि भूमिका खेलेका थिए ।

उपचार केन्द्र सञ्चालनको लागि बनेको सहयोग समितिको सदस्यहरुमा लिलाराज सुवेदी, सीता शर्मा, कैलाश दाहाल, इन्दिरा शाही अधिकारी, टुना घिमिरे मनोनित भएका छन् ।

उपचार केन्द्रको सदस्य सचिवमा आँखा उपचार केन्द्र प्रमुख तथा वाह्य कार्यक्रम संयोजकमा भरतपुर आँखा अस्पतालका रमेश घिमिरे रहेका छन् । सल्लाहकारमा हरिशरण पाठक, रामप्रसाद ढुंगाना, तिलकराज शर्मा पौडेल, दिवाकर अर्याल र बिमला दवाडी रहेका छन् ।