नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा

September 11, 2022 7:11 pm

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले नेपालको कार्यकाल सकेको घोषणा गरेका हुन् ।

गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए । तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए ।

विवादकै बीच एसिया कप छनौट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी उतै बसेका थिए ।