प्रधानमन्त्री देउवा भोलि चितवन आउँदै

September 8, 2022 5:45 pm

चितवन । भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आउँदैछन् । नेपाली कांग्रेसले मंसिर ४ को चुनाव लक्षित सुरू गरेको ‘जनताको साथमा कांग्रेस अभियान’को पहिलो चरणको कार्यक्रम समापन गर्न पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा चितवन आउन लागेको कांग्रेस चितवनले जनाएको छ । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा दिउँसो करिब १२ बजे देउवा आउने कार्यक्रम रहेको बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।