बजार बिक्री प्रतिनीधि संघको सचिवमा रमेश नेपालको उमेदवारी घोषणा

September 5, 2022 10:28 pm

चितवन, भदौ २०
तेह्र बर्ष अघि कान्छो सदस्यको रुपमा नेपाल बजार बिक्री प्रतिनीधि संघमा आबद्ध भएका रमेश नेपालले संघको संगठन सचिव पदका लागि उमेदवारी घोषणा गरेका छन् । चितवनको रत्ननगर निवासी नेपालले संघको भदौ २४ र २५ गते चितवनमै हुने महाधिवेशनमा संगठन सचिव पदको लागि उमेदवारी घोषणा गरेका हुन् ।

२०६६ सालमा बजार प्रतिनिधि संघ लुम्बिनी इकाइमा आबद्ध भई संघमा यात्रा सुरु गरेका नेपाल हाल नारायणी इकाइको सदस्य रहेका छन् । संस्थालाई विधी र विद्यान अनुरुप व्यवस्थित र संगठित गराउनका लागि संगठन सचिव पदमा उम्मेदवारी घोषणा गरेको छु भन्दै नेपालले भने ‘ मलाई संघमा आबद्ध सबैजनाले सहयोग गर्नुहुनेछ ।’ नेपालले आफ्नो योजना सुनाउदै भने, इकाइमा आबद्ध सदस्यहरुका लागि इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरि दुर्घटना विमाका लागि पहल गर्ने, रक्तसन्चार केन्द्र संग प्रत्येक इकाई एबम केन्द्रको समन्वयमा विशेष कोष स्थापना गरि नि:शुल्क रगत उपलब्ध गराउन पहल गर्ने, उत्कृष्ट इकाइलाई सम्मान गर्ने लगायतको योजना रहेको बताए ।

नेपालले इकाइको प्रचारप्रसारमा जोड दिने, संस्थामा आबद्ध प्रतिनीधिहरुको हकहितका लागि आवाज उठाउने र संस्थालाई मर्यादित तथा मजबुत बनाउन केन्द्रमा पहल गरि प्रत्येक इकाईमा विभिन्न तालिमको व्यवस्था गर्ने लगायतका उद्देश्यहरु राखि संगठन सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

रेडक्रस सोसाइटी, रोट्रयाक्ट, रोटरी,लायन्स क्लव, जेसिज सौराहा लगायतका विभिन्न सामाजिक संस्थाहरुमा विभिन्न पदमा रहेर काम गरेको अनुभब नेपाल संग छ।