रत्ननगर उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा सौराहामा सम्पन्न

September 5, 2022 6:31 pm

चितवन, भदौ २० । रत्ननगर उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा सौराहामा सम्पन्न भएको छ । सो कार्यक्रममा महासचिव निराजन खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष उपेन्द्र शर्मा आचार्यले आर्थिक प्रतिवेदन र अध्यक्ष अनिलकृष्ण श्रेष्ठले प्रस्तुत गरेको आर्थिक बर्ष २०७९÷८० को आयव्याय तथा भावि कार्ययोजना सर्बसम्मत रुपमा परित भएको छ । प्रमुख अतिथि रहेका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले साधारण सभाको उद्धघाटन गर्दै बागमती सरकारले व्यवसायीक कम्पनीहरुसंग दुई सय मेट्रक टन उत्पादन गर्ने मझौला खालको मल कारखाना खोल्ने सहमति भएको बताए ।

त्यस्को लागि बागमती पारी हरिहरपुर गढीमा कारखाना खोल्नको लागि प्रक्रिया अगाडी बढिरहेको उनले बताए । उद्योगी व्यवसायीहरुको समस्या राज्यले चासोका साथ सम्बोधन गर्ने उनको भनाई छ । अर्थ तन्त्रमा आत्म निर्भर बनाउने कुरामा सरकार सधै लागिपर्ने उनले प्रतिवद्धता जनाए । कार्यक्रममा संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै सरकारले व्यवसायीहरुको लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताए । व्यवसायीहरुको आर्थिक गतिविधिमा अहम भूमिका खेल्नु पर्ने बताए । कृषि क्षेत्रमा थप लगानी बढाउनुपर्ने आवश्यक रहेको उनको भनाई छ । बर्डफुलु प्रभावित किसानहरुलाई सरकारबाट क्षतिपूर्ती दिलाउन उनले माग गरे । कृषि व्यवसायलाई थप स्थापित गर्नु पर्नेमा जोड दिए । व्यवसायीका लागि कर छुट, ब्याज छुटलगायत पुनर्लगानीका विषयमा उवासंघको पहलमा केही माग सम्बोधन गर्न सकिएको बताउंदै अध्यक्ष श्रेष्ठले मौद्रिक नीति तथा आर्थिक नीति मार्फत ल्याइएका कार्यक्रमहरुलाई लागु गर्न अनुरोध गरे । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रको भूमिकालाई राज्यले बेवास्था गरेका कारण अर्थतन्त्र कमजोर भएको बताए ।

नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्डीका राज ढकाले छुट्टै औद्योगिक क्षेत्र घोषणा गरी उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन राज्यसंग माग गरे । पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी, बागमती प्रदेश सांसद कञ्चन खनाल, बागमती प्रदेशका योजना आयोगका उपाध्यक्ष डा.कृष्ण पन्त, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, रत्ननगरका निवर्तमान मेयर नारायण वन, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, उद्योग वाणिज्य संघ रत्ननगरका पूर्व अध्यक्ष राजेन्द्र्र कुमार श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम महासचिव निराजन खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।